बाघमारा साकोसबाट राससकर्मी शर्मा सम्मानित

बाघमारा साकोसबाट राससकर्मी शर्मा सम्मानित

राष्ट्रिय समाचार समिति (रासस) का पोखरा समाचारदाता जमुना वर्षा शर्मा बाघमारा सहकारी सञ्चारकर्मी सम्मानबाट पुरस्कृत हुनुभएको छ ।

बाघमारा बहुउद्देश्यीय९साकोस० सहकारी संस्था लिमिटेडको आठौं वार्षिक साधारणसभाका अवसरमा पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष तेजनारायण अधिकारी, पोखरा–३३ का वडाध्यक्ष शिवप्रसाद आचार्य र सहकारीका अध्यक्ष एवम् कोपरेटिभ प्रेसिडेन्ड सोसाइटी९कोप्स० का अध्यक्ष डिल्लीराम बरालले आज उहाँलाई संयुक्तरुपमा सम्मान गर्नुभएको हो । समाचार सम्प्रेषणका माध्यमबाट सहकारी क्षेत्रको विकासका साथै समाजका हरेक क्षेत्रमा विशिष्ट योगदान पु¥याएको भन्दै उहाँको सम्मान गरिएको हो ।

उक्त अवसरमा उत्कृष्ट दैनिक बचतकर्ता, कर्मचारी, ज्येष्ठ नागरिकलगायतलाई पनि सम्मान गरिएको थियो । महानगरपालिका सहकारी समितिका अध्यक्ष तेजनारायण अधिकारीले सहकारीले उत्पादनमा जोडिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

वडा नं ३३ का वडाध्यक्ष आचार्यले समाजलाई आर्थिक समृद्धितर्फ डो¥याउनका लागि सहकारीले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउँदै वातावरणको संरक्षणसहित उत्पादन लक्षित हुन आग्रह गर्नुभयो । सम्मानित व्यक्ति शर्माले सम्मानले कामप्रति अभिप्रेरित हुन थप उर्जा मिलेको धारणा राख्नुभयो ।

सहकारीका अध्यक्ष बरालले संस्थाले छरिएर रहेको पुँजीलाई एकिकृत गर्दै सदस्यकै आर्थिक विकासका लागि सहकारीको मूल्य मान्यतामा आधारित रही उद्यमशिलतामा जोड दिइएको बताउनुभयो । सहकारीले कृषि, पशुपालन, शिक्षा, आयमूलक एवम् उत्पादनमूलक कामलाई प्राथमिकता दिँदै आएको उहाँले बताउनुभयो । रासस

सम्बन्धित खवर