जुट मिल्सको पर्खाल भत्किएर किच्दा एक महिलाको मृत्यु

जुट मिल्सको पर्खाल भत्किएर किच्दा एक महिलाको मृत्यु

 

विराटनगर : विराटनगर जुट मिल्सको पर्खाल भत्किएर किच्दा बिहीबार दिउँसो एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका–१५ की ५५ वर्षीया समेरुन निसा रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताउनुभयो ।

घर नजिकैको भवन छेउमा रहेको कलमा पानी लिन गएकी महिलालाई खुट्टा धुँदै गरेको अवस्थामा पर्खाल लडेर किचेको डीएसपी राईले बताउनुभयो । घाइतेको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा दिउँसो १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

क्वाटर भवन जीर्ण हुँदा पनि मर्मत सम्भारका लागि चासो नदिनु मिल्स व्यवस्थापनको गम्भीर लापरबाही रहेको स्थानीय बासिन्दाको गुनासो छ । उनीहरुले व्यवस्थापनका कारण मानवीय क्षतिनै हुने घटना निम्तिएकोभन्दै दोषीमाथि कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिइनुपर्ने माग उनीहरुले राखेका छन् ।

सम्बन्धित खवर