फरक क्षमता भएका परिवारलाई नगद सहयोग

फरक क्षमता भएका परिवारलाई नगद सहयोग

अभीमन्यु लामीछाने : अमेरिकाको न्यूयोर्कमा बसोबास गर्ने नेपालीहरुले कोरोना भाइरस (कोभीड १९) बाट बच्न नेपाल सरकारले जारी गरेको लक डाउनको समयमा समस्यामा परेका नागरिकलाई नगद सहयोग गरेका छन।

अमेरिकाको न्यूयोर्क बस्ने शान्ति गुरुङको संयोजकत्वमा लक डाउनको समयमा अपांगता अशक्त ( फरक क्षमता ) भएका सुन्दरीजलको दृष्टि विहीन संघर्षशील अपांगता वृद्धाश्रम आमाको घर नेपाल बस्ने १४ परिवारका ४३ जनालाई नगद ८० हजार सहयोग गरिएको हो।

कोरोना भाइरसले विश्वनै आक्रांत बनेको समयमा आफुहरु बैदेशिक रोजगारीमा रहेपनी स्वदेशका रहेका अशक्त नागरिक हरु लक डाउनको समयमा कोही भोकै बस्न नपरोस भनी सामाजिक भावना राख्दै न्यूज २४ को चर्चित कार्यक्रम सीधा कुरा जनता संगका प्रोड्यूसर दीपक बोहरा मार्फत सहयोग गरेको सामाजिक अभियन्ता शान्ति गुरुङ बताउनु भयो। बोहराले घरमैं पुगेर नगद हस्तान्तरण गर्नु भएको थियो।

महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणवाट वच्न सरकारले गत चैत ११ गतेदेखि जारी गरेको लकडाउनका कारण भोकभोकै बस्न नपरोस भनेर सहयोग गरिएको सीधा कुरा जनता संग कार्यक्रमका प्रोड्यूसर दीपक बोहराले बताए ।

लक डाउनको समयमा दैनिक मजदूरी गर्न नपाउदा फरक क्षमता भएका अशक्त,अपांगता भएका ब्याक्ति र परिवार समस्यामा परीरहेका छन। लक डाउनको समयमा खाधसंकट जुटाउन मुश्किल परेर भोकै बस्नु नपरोस भनी आफुले कमाएको धनको केहि रकम सामाजिक कार्यमा छुट्टायर स्वदेश पठाएको गुरुङले बताउनु भयो।

नगद रकम बुझेपछि फरक क्षमता भएका टंक बहादुर राउतले सहयोगी मन र सीधा कुराको टीमलाई धन्यबाद दिएका थिए।

सम्बन्धित खवर