विराटनगरमा उपचाररत्त एक कोरोना संक्रमितको मृत्यु

विराटनगरमा उपचाररत्त एक कोरोना संक्रमितको मृत्यु

 

विराटनगरमा उपचाररत्त एक संक्रमितको बुधबार विहान मृत्यु भएको छ।

झापाको भद्रपुर–१० घर भएका कोरोना संक्रमित ८६ वर्षीय वृद्ध पुरुषको उपचारका क्रममा विराट शिक्षण अस्पतालको आइसोलेनमा बिहान ५ः५० बजे वृद्धको मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख सुधीरसिंह राठौरले जानकारी दिनुभयो ।

कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएका वृद्धलाई भदौ ३ गते उपचारका लागि आईसीयूमा भर्ना गरिएको थियो । त्यही दिन स्वाब संकलन गरेर परीक्षणका लागि पठाउँदा ५ गते सोमबार रिपोर्ट पोजेटिभ आएको अस्पतालको आइसोलेसनका प्रमुख डा। पुरु कोइरालाले बताउनुभयो ।

उहाँका अनुसार रिपोर्ट पोजेटिभ आएपछि आइसोलेसनको आईसीयूमा भर्ना गरेर उपचार गर्दा वृद्धको ज्यान गएको हो ।

सम्बन्धित खवर