विराटनगरमा टेलिफोनको तार चोरी गर्ने चारजना पक्राउ

विराटनगरमा टेलिफोनको तार चोरी गर्ने चारजना पक्राउ

विराटनगर : पोलबाट टेलिफोनको तार चोरी गर्ने गिरोहका सदस्यलाई प्रहरीले पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिकाको विभिन्न स्थानहरुबाट टेलिकमको तार चोरी भएको सम्बन्धमा अनुसन्धान गर्ने क्रममा प्रहरी टोलीले विराटनगर ।वडा नं. ४ स्थित जमानुगाछीमा चेकजाँच गर्ने क्रममा चोरीमा संलग्न चारजना पक्राउ परेका हुन ।

टेलीकमको १५० पेयर र २२० मिटर केवल तार, को.९ प. ४१५८ नम्बरको यामाहा कम्पनीको विराटनगर म.न.पा.६ बस्ने वर्ष २१ को विजय सहनी, वर्ष १८ को राज सहनी, वर्ष २१ को रविन सहनी र वर्ष १९ को सुमित सहनी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

चारै जनालाई कानून चोरी ऐन अन्तर्गत थप अनुसन्धान कारवाही प्रक्रिया अगघि बढाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर