संविधान दिवसको विरोधमा सिरहाको विभिन्न ठाउँमा प्रदर्शन

संविधान दिवसको विरोधमा सिरहाको विभिन्न ठाउँमा प्रदर्शन

राजेन्द्र महतो, लहान

संविधान दिवसको विरोधमा जनता समाजवादी पार्टीका नेता तथा कार्यकर्ताले सिरहाको विभिन्न ठाउँमा प्रदर्शन गरेका छ्न् ।
सिरहाको लहान, गोलबजार, मिर्चैया, सिरहा र कल्याणपुर लगायतका विभिन्न ठाउँमा जनता समाजवादी पार्टीका नेता तथा कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन् ।

प्रदर्शनकारीहरुले कालो ब्यानर सहित कालो कपडा शरीरमा बाँधेर संविधान जारी भएको आज असोज ३ गतेलाई कालो दिन संज्ञा दिदै विरोध प्रदर्शन गरेका हुन् । जिल्लाका विभिन्न ठाउँमा समाजवादी पार्टीले प्रदर्शन गर्दै कोणसभा गरि कार्यक्रम समापन गरेका थिए ।

विभिन्न ठाउँबाट जानकारी भए अनुसार जसपाको विरोध प्रदर्शन शान्ति पुर्ण तरीकाले भएको बताएका छ्न् । संविधान दिवसको विरोधमा आज साझ ७ बजे ब्लायक आउट समेत गरिएको छ ।

सम्बन्धित खवर