रबिन्द्र बराल, रंगेली
मोरङको रंगेली कानेपोखरी सडक खण्ड अन्तर्गत कानेपोखरी गाउँपालिका २ स्थित गोउरीया पुल निर्माण कार्य सुरु भएको ६ बर्ष बितिसक्दा समेत उक्त ठाउँमा पुल निर्माण सम्पन्न भएको छैन् । २०७१ सालमा फिचर एन्ड सराउद्धिन जेविले १५ मिटर लम्बाई पुल निर्माण गर्ने १ करोड १८ लाख रुपैयाँमा पुल निर्माणकार्यका लागि ठेक्का पाएको थियो।
सो कम्पनीले उक्त पुलको ३ फिट मुनिबाट पिलरको काम गरेता पनि ६ बर्ष बितिसक्दा समेत पुलको १ प्रतिशत समेत काम भने भएको छैन् । डाइभर्सन समेत राम्रो नहुदा स्थानीयलाई आवतजावतमा समस्या हुदै आईरहेको छ । सिंहदरबारको अधिकार गाउँमा पुगेको पनि ३ बर्ष पुगेपनि जनताले पुल निर्माण भएको भने हेर्ने पाएका छैनन् । अहिलेसम्म पुल बनाउने ठेक्का लिएर छाडेको ठेक्केदारलाई कुनै कार्वाही भने हुन सकेको छैन् । सरकारले विभिन्न कन्ट्रकसनहरुलाई समयमा काम नगरेको भन्दै कार्वाही गरेता पनि सराउद्विन जेविलाई भने ६ बर्ष देखि पुल अलपत्र छाड्दा पनि कार्वाही गर्न नसकेको स्थानीयले बताएका छन् ।
सडक डिभिजन कार्यलय मोरङका प्रमुख पशुपति ज्ञवालीका अनुसार नेपाल सरकारले काम नगरेर बसेको अवस्थामा सार्वजनिक नियम खरिदको नौँ संसोधनमा राज्यले एक फटकका लागि समय दिइएको बताए । असोज साताबाट काम सुरु गर्ने र पुस मसान्त सम्ममा काम सम्पन्न नगरे सो कम्पनीलाई कालोसुचिमा राखिने चेतावनी समेत दिएको ज्ञवालीले बताए ।
दैनिकी सयौं सवारीसाधनहरु आवतजावत गर्ने सो सडकमा अहिले पुल निर्माण नहुदा यात्रुहरुले समस्या झेल्दै आईरहेका छन् । लामा डाँफे द कञ्चनजंघा कन्ट्रसनले रंगेली कानेपोखरी सडक कालोपत्रे गर्नेकामको अन्तिम चरणमा पुगेको छ तर गेउरिया पुल अझै निर्माण भएको छैन् ।
अहिले रंगेली नगरपालिका भित्रको ६ किलोमिटर सडकमा कालोपत्रेको काम असोज भित्रमा सम्पन गरिने र फुटपातको काम दुई महिना भित्र सम्पन्न गरिने लामा डाँफे द कञ्चनजंघा कन्ट्रसनका प्रोजेट कन्ट्याक प्रमुख प्रविण शेर्पाले बताए । उक्त सडक ७ मिटर चौडा कालोपत्रेमा ४० एमएमको मोटाई पिच हुने भएको हो । पिच गरिएको दायाँ बायाँ २ मिटर ग्राभेल सम्म भएको छ । २०७४ असार ६ गते कामको जिम्मा पाएको लामा डाँफे द कञ्चनजंघा कन्ट्रक्सन कम्पनीले २०७६ असार ५ गते सबै कालोपत्रे गरी सकेर सडक सरकारलाई जिम्मा लगाउने सम्झौता भएता पनि कोराना भाईरसका कारणले गर्दा काम भने सम्पन्न हुन ढिलाइ भएको लामाले बताए ।
कानेपोखरी देखि रंगेली सम्म २५.४ किलोमिटर लम्बाईको योजनामा कूल रु ७० करोड २४ लाख ३१ हजार ६७९ रुपैयामा सडक निर्माणको लागि ठेक्का लागेको थियो ।