विद्युत सर्ट हुँदा घरमा आगलागी , ५० लाखको क्षती

विद्युत सर्ट हुँदा घरमा आगलागी , ५० लाखको क्षती

 

लेटाङ : विद्युत सर्ट भएर आगलागी हुँदा करिब ५० लाखको क्षति भएको छ ।

लेटाङ ९ जाँते पारुहाङ चौकमा रहेको नवीन राईको घर आगलागी हुँदा करिब ५० लाखको क्षती भएको स्थानिय राजबहादुर लिम्बुले जानकारी दिए । बिहान ६:३०बजे एक्कासी बिधुत सर्ट हुँदा आगलागी भएको हो । आगलागी बाट घर सहित घरभित्रका सम्पुर्ण सामान जलेको छ । स्थानियबासी , प्रहरी र दमकलको सहयोगमा घर पुर्ण रुपमा जले पछि नियन्त्रणमा लिइएको छ ।

सम्बन्धित खवर