हतुवागढी गाउँपालिकाकी उपप्रमुख चन्दामा राईको निधन

हतुवागढी गाउँपालिकाकी उपप्रमुख चन्दामा राईको निधन

 

भोजपुरको हतुवागढी गाउँपालिकाकी उपप्रमुख चन्दामा राईको विराटनगरमा निधन भएको छ । ४२ वर्षिया राईको उपचारको क्रममा गए राति निधन भएकोे हो

एक सातादेखि ज्वरो, खोकी,र झाडा पखालाले ग्रस्त भएकी उपप्रमुख राईलाई भदौ २९ गते प्राथमिक स्वास्थ्य केन्द्र घोरेरटारमा भर्ना गरिएको थियो । केन्द्रमा उपचारपछि डिस्चार्ज गरिए पनि उनको प्रेसरमा समस्या देखिएपछि असोज १ गते बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको हतुवागढी गाउँपालिका प्रमुख प्रेमकुमार राईले बताए।

उपप्रमुख राईको धरानमा उपचार हुन नसक्ने बताएपछि लगत्तै न्यूरो हस्पिटल विराटनगरमा उपचार सुरु गरिएको थियो ।

उपप्रमुख राईको निधन भएपछि गाउँपालिकाको बैठक शनिवार बिहान बस्दै छ । बैठकमा राईको शवलाई भोजपुर ल्याउने विषयमा छलफल हुने गाउँपालिका अध्यक्ष राईलाई बताए ।

सम्बन्धित खवर