रौतामाइ गाउँपालिकाको औषधि खरिद प्रकरणमा युवाहरुको विरोध

रौतामाइ गाउँपालिकाको औषधि खरिद प्रकरणमा युवाहरुको विरोध

उदयपुर । रौतामाई गाउँपालिकाको ७ मुर्कुचीका युवाहरूले तालि बजाउँदै वडा कार्यालयसम्म विरोध जुलुस प्रर्दशन गरेका छन् । रौतामाइ गाउँपालिकाको औषधि खरिदमा आर्थिक अनियमितता भएको रहस्य बाहिरिएपछि वाडा ७ का युवाहरुले विरोध गरेका हुन् । उनिहरुले तालि बजाउँदै बजार क्षेत्रको परिक्रमा गरेका थिए ।

विरोध स्वरुप थपडि बजाउँदै छातिमा व्यानरहरु टासेर थिए । कोरोना भाइरस संक्रमणको जोखिमलाई ध्यान दिदैँ गरिएको सांकेतिक विरोध जुलुसमा युवाहरुले गाउँपालिकाको नियतमाथि प्रश्न उठाएका छन् । विभिन्न सञ्चारमाध्यममा रौतामाइ गाउँपालिकामा औषधि खरिदमा मोटो रकम अनियमितता भएको समाचार प्रकाशन प्रशरण भएको छ ।

विरोधमा उत्रेका युवाहरुले गाउँपालिका अध्यक्षलाई ज्ञापनपत्र बुझाउँदै सत्यतथ्य सार्वजनिक गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् । यसअघि गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर खड्काले औषाधि खरिदमा आर्थिक अनियमितता नभएको भनी विज्ञप्ति निकारले स्प्रष्टीकरण दिइसकेका छन् ।

सम्बन्धित खवर