रंगेलीमा नहरमा डुबेर १८ महिने शिशुको मृत्यु

रंगेलीमा नहरमा डुबेर १८ महिने शिशुको मृत्यु

मोरङको रंगेलीमा नहरमा डुबेर १८ महिने शिशुको मृत्यु भएको छ।

बिहीबार दिउँसो अन्दाजी २ बजे रंगेली नगरपालिका(३ रन्जनीस्थित बस्नेत टोल बस्ने डोलेन्द्र विष्टको १८ महिने छोरा सोमरात विष्टको मृत्यु भएको हो।

उनी आफ्नो घरदेखि १ सय ५० मिटर पूर्वमा रहेको नहरको पानीमा डुबेर मृत्यु भएको मोरङका प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए।

सो घटनाको खबरपछि अस्थायी प्रहरी चौकी बतौनाबाट खटिएको टोलीले घटनास्थललाई सुरक्षित राखेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

थप अनुसन्धान र कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी निरीक्षकको टोली खटिएको छ।

सम्बन्धित खवर