उदयपुर : उदयपुरको लिम्चुङ्बुङ गाउँपालिकाबाट हलेसी जोड्ने सुनकोशी नदिमा पक्कीपुल निर्माणको लागि टेण्डर प्रक्रिया खुलाएको छ।
पालिकावासिको महत्त्वकाक्षी योजना अन्तर्गतको ‘सुनकोसीमा पक्की पुल’ निर्माणका लागि गाउँपालिकाले गरेको टेण्डर आह्वान प्रक्रिया अघि बढे संगै पालिकावासी जनतामा खुसियाली छाएको नेकपाका युवानेता मनोज बुढाथोकीले बताए।
लिम्चुङबुङ १ बाँसबोटेको कुनाही र खोटाङको हलेसी तुवाचुङ नगरपालिका ५ दुर्छिमको गणेशटार जोडिने सुनकोसी पुलको टेन्डर आह्वान भएको हो ।
लिम्चुङ्बुङ सरकारले यस बर्ष २ करोड बजेट विनियोजन गरेको छ। सोहि अनुरुप टेन्डर आह्वान भएको हो । दोहोरो सवारीसाधन संञ्चालन हुने २ सयमिटिर लामो पुल निर्माण हुने र तीन बर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ योजना अगाडी बढाइएको गाउँपालिकाले जनाएको छ।
लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजर कुमार राइले चुनाव लड्नु अघि उक्त पुल निर्माण लागि घोषणापत्र उल्लेख गरे संगै चुनाव जितेपछिको पहिलो गाउँसभा बैठकबाट पुल निर्माणको निर्णय गरेको बताएका छन।
आफ्नो घोषणापत्र अनुसार महत्त्वपूर्ण योजनाको टेण्डर प्रक्रिया अगाडि बढाउन पाउँदा आफू ज्यादै खुसी भएको र यो खुसि पालिकावासी सबै जनताहरु साट्न चाहेको अध्यक्ष राई ले बताए ।
उक्त पुलको निर्माण पश्चात समुन्द्र देखि सगरमाथा सम्म जोड्ने सडक गाईघाट(लिम्चुङबुङ गाउँपालिका र त्रिधाम हेलेसी जोड्ने सबै भन्दा छोटो सडक हुनेछ।
पुर्वको पसुपतिनाथ भनेर चिन्निने ‘हलेसी महादेव’ दर्शन गर्न जाने दर्शनार्थीका लागि यो पुल निर्माण सकिए पछि सबै भन्दा छोटो र सहज मार्ग हुनेछ।
हलेसी घुम्न जाने पर्यटकहरूले लिम्चुङबुङ हुँदै जानू पर्ने भएकाले पुल निर्माण पछि लिम्चुङबुङको पर्यटनमा थप टेवा पुग्ने गाउँपालिका अध्यक्ष राई ले बताए ।
‘पूलको योजना समाबेश र टेण्डर सम्म आ(आफ्नो भूमिका निभाई सहयोग गर्नु हुने सम्पूर्ण आदरणीय व्यक्तित्वहरुमा धन्यवाद व्यक्त गर्दै, फेरी पनि उक्त योजना सम्पन्न गर्नका लागि सबैको महत्वपूर्ण भूमिका रहने विश्वास रहेको अध्यक्ष राइले बताएका छ्न।’
साथै उनले चुवावी घोषणापत्र अनुसार पालिकावासी जनताप्रति गरिएको प्रतिवद्वता अनुसारका योजनाहरु व्यवहारमा उतार्न पाउदा ज्यादैनै खुशी भएको समेत बताएका छन।