गएको २४ घण्टामा प्रदेश १ मा १ सय ३८ जनामा कोरोना संक्रमण

गएको २४ घण्टामा प्रदेश १ मा १ सय ३८ जनामा कोरोना संक्रमण

 

विराटनगर । प्रदेश १ मा गएको २४ घण्टामा १ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मोरङमा १०८, सुनसरीमा २२, झापामा २, संखुवासभा, पाँचथर, ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा ७० जनामा संक्रमण देखिएका छ । संक्रमण देखिएकामा २८ महिला र ४२ जना पुरुष रहेका छन् । मोरङको कटहरीमा ३ महिला र ११ पुरुष, बुढीगंगामा ६ महिला र ६ पुरुष, सुन्दरहरैचामा २ महिला र १ पुरुष, पथरीशनिश्चरे र जहदामा २–२ पुरुष, रंगेली, उर्लाबारी र बेलबारीमा १–१ महिला, स्थानीय तह नखुलेका २ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

उता सुनसरीको दुहवीमा ३ महिला र ११ पुरुष, धरानमा ३ महिला र १ पुरुष, इटहरीमा २ पुरुष, देवानगञ्ज र स्थानीय तह नखुलेका १–१ पुरुष, झापाको दमकमा १ पुरुष, मेचीनगरमा १ महिला, संखुवासभामा १ पुरुष, ताप्लेजुङका १ पुरुष, पाँचथरको फिदिमका १ पुरुष र प्रदेश १ बाहिरका २ महिला १ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार ९६७ पुगेको छ ।

प्रदेश १ मा मंगलबार ६४ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट ३८, वि।जेनरल अस्पताल हरिनगरबाट २३ र होम आईसोलेसनबाट ३ जना डिस्चार्ज भएका छन् । हालसम्म २ हजार १४२ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज १ हजार ७७४ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म १ लाख १० हजार ७९० जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खवर