बेलका : महिला प्रजनन स्वास्थ्य सम्बन्धी १ दिने अन्तर्कृया कार्यक्रम सोमबार बेलका नगरको सभाहलमा सम्पन्न भएको छ।
कोभिड १९ का कारण महिला प्रजनन स्वास्थ्य सेवा अवरुद्ध नरहेको जानकारी गराउने उद्देश्यानुसार सो कार्यक्रम आयोजना गरिएको बताईएको छ।
बेलका नगर पालिकाका मेयर दुर्गा कुमार थापा ‘स्वस्ति ‘ को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । मेयर थापाले असुरक्षित गर्भपतनका कारण ७ प्रतिसत महिलाहरुको अकालमा ज्यान जाने गरेको भयावह स्थिति रहेको तथ्यॉक प्रस्तुत गर्दै ७६ प्रतिसत कारागारका क़ैदी बन्दी महिलाहरु गर्भपतन गरेकै कारण जेल जिवन बिताउनु परेको दुखद भएको बताउनुभयो।हुरुन्डेक उदयपुरको आयोजनामा सम्पन्न भएको सो कार्यक्रममा मेयर थापाले आफुले गर्भ पतन सेवाको बारे क्लिनीकहरुमा गोप्य रुपमा भोलन्टीयरहरु परिचालन गरि बुझ्दा प्रति सेवा ७हजार देखि १५ हजारसम्म लिने गरेको जानकारी पाएको बताउनुभयो ।
सामान्य ४सय २० रुपैया को औषधीलाई चर्को मुल्य तिर्नु परेको मुख्य कारण महिला प्रजनन स्वास्थ्य सेवाको बारे जनचेतनाको कमि , सामाजिक लज्जा , लगायतका कारण रहेको बताउनुभयो ।बिपन्न सुत्केरीहरुका लागि नगरपालिकाबाट खाद्यन्न ,लगायतका सामाग्रीका साथै २८ सय रुपैया समेत प्रदान गरिन्दै आएको मेयर थापाले जानकारी गराउनुभयो।
हुरुन्डेक उदयपुरका कार्यक्रम व्यवस्थापक ओमनारायण झा ले महिला प्रजनन स्वास्थ्य सम्बन्धी सार्बजनिक स्थलहरुमा होडिड० बोर्ड राख्ने , रेडियोबाट सार्वजनिक सुचना हरु प्रसारित गर्ने , भेलाहरुको आयोजना गर्ने लगायतका कार्यक्रमहरु गर्न सकिने बताउनुभयो। कार्यक्रममा संस्थाका कार्यक्रम अधिकृत लक्ष्मी आचार्य ,फिल्ड संयोजक सुमित्रा पौडेलले सहजीकरण गर्नु भएको थियो।
कार्यक्रममा बेलका नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत चेतनाथ गौतम,ईलाका स्वास्थ्य केन्द्र रामपुरका प्रमुख कमल चौधरी लगायतको उपस्थिती रहेको थियो।