बालदिवशका अवसरमा ह्विल चियर वितरण

बालदिवशका अवसरमा ह्विल चियर वितरण

पथरी, राष्ट्रिय बाल दिवशका अवसरमा मोरङको पथरी शनिश्चरे नगरपालिका मार्फत अपाङ्गता भएका १ जना बालकलाई आज ह्विल चियर वितरण गरिएको छ ।

करुणा फाउण्डेशनको प्रदेश तथा नगरपालिकासँगको साझेदारीमा समुदायमा आधारित पुनस्र्थापना कार्यक्रम अन्तर्गत ह्विल चियर वितरण भएको हो ।

नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा वडा सदस्य अनोज घिमिरे, महिला तथा बालबालिका शाखा प्रमुख गीता कट्टेल सहितबाट वडा नम्वर १० जिरिखिम्तीकी ११ बर्षीया झरना राईलाई ह्विल चियर प्रदान गरिएको छ । यसैगरी, वडा नम्वर ६ का अपाङ्गता भएका मञ्जेस गुप्तालाई भोली ह्विल चियर वितरण गरिने छ ।

सम्बन्धित खवर