‘कुलमानको पक्षमा हरेक साँझ ८ बजे बत्ती निभाऔं’

‘कुलमानको पक्षमा हरेक साँझ ८ बजे बत्ती निभाऔं’

काठमाडौं : कलाकार दीपकराज गिरीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा कुलमान घिसिङको निरन्तरताका लागि सरकारलाई दबाव दिन आमसर्वसाधारणलाई आग्रह गर्नुभएको छ । उहाँले फेकबुकमार्फत आज यस्तो आग्रह गर्नुभएको हो ।

कलाकार गिरीले कुलमानको पुर्ननियुक्तिको जनदबाव सिर्जना गर्न सबैले हरेक साँझ ८ बजे पाँच मिनेटका लागि बत्ती निभाउन आग्रह गर्नुभएको छ ।

‘आदरणीय साथीहरू, कुलमानजीको पुर्ननियुक्तिका लागि जनदबावस्वरूप आजबाट हरेक साँझ ८ बजे पाँच मिनेट बत्ती निभाएर ऐक्यवद्धता प्रकट गरौ’, उहाँले लेख्नुभएको छ ।

यसैबीच, आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । साँझ ५ बजे बस्ने बैठक नियमित भए पनि केही महत्वपूर्ण नियुक्ति र सिफारिस हुन सक्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्तिलगायतका महत्वपूर्ण विषयमा निर्णय हुनसक्ने स्रोतले जनाएको छ ।

कुलमानको चार वर्षे कार्यकाल आइतबार मात्र सकिएको छ । त्यसैले, उहाँकै निरन्तरता हुन्छ–हुँदैन भन्ने विषयमा आम मानिसलाई चासो छ ।

कुलमान दोस्रो कार्यकालका लागि दोहोरिने चर्चा पनि छ । तर, अहिलेसम्म मन्त्रिपरिषदमा उहाँलाई दोहो¥याउने गरी प्रस्ताव पुगेको छैन ।

सरकारले कुलमानलाई नदोहो¥याउने इच्छा गरे पनि जनस्तरबाट दोहो¥याउन दबाव छ । त्यसलाई दीपकराज गिरीलगायत धेरै कलाकारले पनि साथ दिएका छन् । दबावका कारण कुलमान दोहोरिने सम्भावना प्रवल रहेको स्रोत बताउँछ ।

सम्बन्धित खवर