विभिन्न मुद्दामा फरार ३५ व्यक्तिहरु एकै दिनमा पक्राउ

विभिन्न मुद्दामा फरार ३५ व्यक्तिहरु एकै दिनमा पक्राउ

तनहुँ
जिल्ला प्रहरी कार्यालय तनहुँको प्रहरी टोलीले विभिन्न अपराध कार्यमा संलग्न भई कैद तथा सजाय तोकिएका ३५ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ ।

दण्डहिनताको अन्त्य गर्दै कानुनी राज्यको स्थापनाका लागि विभिन्न मिति र समयमा अपराध कार्यमा संलग्न भई अदालतबाट दण्ड सजाय तोकिई फरार रहेका प्रतिवादी पक्राउ गर्ने गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको अभियान अन्तर्गत प्रदेश मातहतका विभिन्न प्रहरी कार्यालयहरुले ठुलो संख्यामा फरार प्रतिवादीहरुलाई पक्राउ गरिरहेका छन् ।

विभिन्न अपराध कार्यमा संलग्न रही फरार रहेका तथा सम्मानित अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएकाव्यक्तिहरुको विशेष समूह नै बनाई तिब्र रुपमा खोजि गर्ने क्रममा विभिन्न मुद्दाहरु ठगी, बहु बिवाह, नागरिकता किर्ते, बन, सार्वजनिक अपराध तथा देवानी मुद्दाहरुमा समेत सम्मानित अदालतहरुबाट फैसला भई रु  २००, देखी २,००,०००।– सम्म जरिवाना हुने गरी सजाय तोकिएकोमा तोकिएको जरिवाना भुक्तन नगरी हालसम्म फरार रहेका तनहुँ जिल्ला स्थायी ठेगाना भएका ३५ जना व्यक्तीहरुलाई जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहत प्रहरी ईकाई कार्यालयहरुबाट पक्राउ गरिएको हो ।

विभिन्न अपराधमा संलग्न भई फरार रहेका प्रतिवादीहरु कानुनी दायरामा नआए आम नागरिकमा कानुनी प्रणाली एवं सम्पूर्ण कानून व्यवस्था माथी नै पर्ने नकरात्मक प्रभावलाई मध्ये नजर गर्दै फरार रहेका अपराधीहरुलाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको निर्देशानुसार पक्राउ अभियान नै सञ्चालन गरि उक्त फरार प्रतिवादीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले बताउनुभयो ।

पक्राउ परेका सबै जनालाई तोकिएको कैद सजाय तथा जरिवाना जम्मा रु ४,१६,३२५।८९ रुपैया समेत भुक्तानको लागि तनहुँ जिल्ला अदालतमा उपस्थित गराइएको छ । यस आर्थिक वर्षको हालसम्म तनहुँ प्रहरीले विभिन्न मुद्दाका १०४ जना फरार प्रतिवादिहरुलाई पक्राउ गरिसकेको छ ।

सम्बन्धित खवर