पोखराका युवाहरुले प्रहरीलाई मास्क र सेनिटाइजर हस्तान्तरण

पोखराका युवाहरुले प्रहरीलाई मास्क र सेनिटाइजर हस्तान्तरण

पोखरा

कोभिड भाइरसले गर्दा विश्व नै आक्रन्त रहेको र प्राय सबैको जिवनशैली नै परिवर्तन गरेको अवस्था छ।तर ठिक विपरित देशको र जनताको सेवामा सधै जुट्ने नेपाल प्रहरीका राष्ट्रसेवकहरू यस माहामारीमा जोखिमका बाबजुत पनि निरन्तर जनताको सेवा र सुरक्षामा खटिएका छन्।

कोरोना भाइरसको सङ्क्रमण फैलिएको अवस्थामा ड्युटिमा खटिएका प्रहरीको स्वास्थ तथा सुरक्षालाई चिन्तन गर्दै पोखरा६ स्थायीठेगाना भएका युवा अवस्था प्रवेश गरेका ४ जना शंकर पहारी,अभिनास नेपाली,नवराज सुनार,पुकार पराजुलीले लायन्स क्लब पोखरा तथा पोखराका युवा व्यवसायी सुमन गुरुङको सहयोगमा प्रहरी र ट्राफिक प्रहरी कार्यालयमै पुगेर मास्क तथा सेनिटाइजर हस्तान्तरण गरेका छन ।

 

सङ्क्रमणको जोखिममा सामान्य हिड्डुल गर्न नै असहज भएका बेला दिनरातभर ड्युटीमा खटिने राष्ट्रसेवकको चिन्तन गर्दै युवाहरूले पोखराका व्यवसायी सँग सहकार्य गर्दै सामाजिक अभियान चलाएका छन्।

आफुहरूको यो सानो सामाजिक कार्यमा सहयोग गर्ने सबै मनकारीहरूलाई युवा शंकर पाहारीले धन्यवाद व्यक्त गरे ।
पहारीका अनुसार लायन्स क्लब पोखराले ट्राफिक प्रहरी कार्यालयका लागि सेनिटाइजर तथा युवा व्यवसायी सुमन गुरुङले भने जिल्ला प्रहरी कार्यालयका लागि मास्क तथा सेनिटाइजर उपलब्ध गराउन सहयोग गरेका थिए।

त्यस्तै सुमन घोताने गुरुङले १० लिटर सेनिटाइजर ३००पिस मास्क सहयोग गरेका थिए भने लायन्स क्लबले ५ लिटर सेनिटाइजर र बांकि सबै सहयोग युवाहरू आफैले २०० पिस मास्क खरिद गरेर जम्मा १५ लिटर सेनिटाइजर तथा ५०० पिस मास्क वितरण गरेका थिए।

आफुहरू विधार्थी रहेको र आफ्नै पाकेट खर्च काटेर यस कार्यमा लागेको र आउने दिनहरूमा पनि सहयोगीदाताहरू सँग हाते मालो गर्दै यस अभियानलाई निरन्तरता दिने योजना रहेको कुरा पुकार पराजुलीले जानकारी दिए ।

सम्बन्धित खवर