रामधुनीका बेरोजगार महिलालाई मनकामना ट्रनिङले राहत वितरण

रामधुनीका बेरोजगार महिलालाई मनकामना ट्रनिङले राहत वितरण

सुनसरी
मनकामना ट्रनिङ एण्ड स्किल डेभलपमेन्ट इन्स्टिच्युट प्रालिले सुनसरीको रामधुनी नगरपालिका क्षेत्रका ३० अति विपन्न परिवारका महिलाहरुलाई राहत सामाग्री उपलब्ध गराएको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण सिपमुलक तालिम लिएर पनि बेरोजगार बस्नु परेका उनिहरुलाई मनकामना ट्रनिङ एण्ड स्किल डेभलपमेन्टले राहत उपलब्ध गराएको हो ।

रामधुनी नगरपालिका वडा नं. १,२,३,४,८ र ९ का ३० परिवारका बेरोजगार महिलाहरुलाई नगरपालिकाको सामुदायीक भवनमा आयोजित एक कार्यक्रमका विच राहत सामाग्री प्रदान गरिएको हो ।
उनिहरुलाई चालम, तेल, दाल, नुन, चिनी, सेनिटाइजर, सेनटरी प्याड, टुथपेस्ट, ब्रस लगायत १५ किसिमका सामाग्री दिइएको छ ।

उक्त राहत सामाग्री रामधुनी नगरपालिका मेयर जयप्रकाश चौधरी, वडा नं.९ का वडाध्यक्ष धनश्याम चौधरी, वडा नं.८ का वडा सचिव महेश रेग्मी र मनकामना ट्रनिङ एण्ड स्किल डेभलपमेन्ट इन्स्टिच्युटका क्षेत्रीय संयोजक गणेश दाहालले राहत समाग्री हस्तान्तरण गर्नुभएको थियो ।

सम्बन्धित खवर