काठमाडौँ : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आज विदा हुँदैछन् । उनको आफ्नो ४ वर्षे कार्यकाल आजै सकिँदैछ ।
घिसिङ २०७३ भदौ २९ मा कार्यकारी निर्देशकका रुपमा नियुक्त भएका थिए । अब प्राधिकरणमा को नियुक्त हुने भन्नेमा हालसम्म कुनै टुंगो लागेको छैन । यद्यपि घिसिङ दोस्रो कार्यकालका लागि इच्छुक थिए ।
औपचारिक रुपमा उनलाई प्राधिकरणका कर्मचारीले विदाइ गर्ने छन् । २०५१ सालमा सातौं तहको इन्जिनियरबाट नेपाल विद्युत प्राधिकरणमा प्रवेश गरेका घिसिङ २०७३ भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा नियुक्त भएका थिए ।
चिलिमे जलविद्युत कम्पनीबाट प्राधिकरणको केन्द्रीय कार्यालयमा तानिएर जिम्मेवारीविहीन बनाइएका उनी खुला प्रतिस्पर्धामार्फत प्राधिकरणको नेतृत्वमा आएका थिए ।
पहिलो कार्यकालमा १८ घण्टासम्मको लोडसेडिङ हटाएर प्राधिकरणलाई ३४ अर्ब सञ्चित नोक्सानीबाट ५ अर्बको सञ्चित नाफामा लगेको भन्दै घिसिङलाई दोहो¥याउन विभिन्न क्षेत्रबाट माग भएको छ ।