झापाका छुट्टाछुट्टै स्थानबाट लागुऔषध सहित ६ जना पक्राउ

झापाका छुट्टाछुट्टै स्थानबाट लागुऔषध सहित ६ जना पक्राउ

 

लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-१० का १८ बर्षीय बिशाल लिम्बु र मेचीनगर नगरपालिका-१२ का २३ बर्षीय राजन श्रेष्ठलाई ८.५ ग्राम लागुऔषध ब्राउनसुगर सहित मेचीनगर नगरपालिका-१३ ईलाम रोडबाट शनिवार दिउँसो ३ बजे पक्राउ गरेको हो ।

मे. ४ प. ७७२६ नम्बरको मोटरसाईकलमा सवार रहेका उनीहरुलाई रोकेर चेकजाँच गर्ने क्रममा उक्त परीणामको लागुऔषध बरामद भएको थियो । यसैगरी सोही कार्यालयबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-१ का २१ बर्षीय संदिप धिमाल, २३ बर्षीय आकाश राई र अर्जुनधारा नगरपालिका-७ का १९ बर्षीय आषिश राईलाई १४ ग्राम लागुऔषध ब्राउनसुगर सहित अदुवा पुल छेउबाट शनिवार दिउँसो ४ बजे पक्राउ गरेको छ ।

पुल छेउमा लागुऔषधको कारोवार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा उक्त स्थानमा पुगेको प्रहरी टोलीले तिनै जनालाई पक्राउ गरेको हो ।

यस्तै ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले ४ केजी ५८ ग्राम नियन्त्रीत लागुऔषध गाँजा सहित माङसेबुङ गाऊँपालिका९६ ईलाम घर भई दमक नगरपालिका९१ बस्ने २६ बर्षीय अर्पण राईलाई पक्राउ गरेको छ ।

आफ्नै कोठाबाट लागुऔषध गाँजाको कारोवार गर्ने गरेको भन्ने बिशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले नियामानुसार राईको कोठा खानतलासी गर्दा उक्त परिणामको लागुऔषध गाँजा बरामद गरेको थियो ।

कोठाबाट लागुऔषध बरामद भएसंगै राईलाई समेत नियन्त्रणमा लिनुका साथै पक्राउ परेका सबै जना उपर कानूनी कारवाही तथा अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित खवर