लिम्चुङ्बुङमा अध्यक्ष कृषि कार्यक्रम निकै प्रभावकारी बन्दै, मकै उत्पादनमा वृद्धि

लिम्चुङ्बुङमा अध्यक्ष कृषि कार्यक्रम निकै प्रभावकारी बन्दै, मकै उत्पादनमा वृद्धि

 

बिजय कार्की, उदयपुर : उदयपुरको लिम्चुङ्बुङ गाउँपालिकामा अध्यक्ष कृषि कार्यक्रम निकै प्रभावकारी बन्दै गएको छ।

यस बर्ष पालिकामा मकै उत्पादनमा वृद्धि भएको छ।
पालिकाको ५ वटै वडामा गत बर्षको तुलनामा यस बर्ष मकै उत्पादन निकैनै वृद्धि भएको हो।

पालिकाले करिब २४ सय घरपरिवारलाई “मनकामना ३, देउति जातको मकैको बीउ र बिसादि नि शुल्क वितरण गरेको गाउँपालिकाका कृषि शाखा प्रमुख गगन राइले जानकारी दिए।

कृषि शाखा प्रमुख राइका अनुसार, करिब १९ लाख लागतमा गाउँपालिका भरी मकैको बीउ वितरण गरिएको बताए । पालिकाभरी राम्रो मकै उत्पादन भएको र कृषक खुसि भएको उनले बताए ।

“गत वर्ष मकैको बिउ समेत जोगिएको थिएन। यस बर्ष भने गाउँपालिकाभरिका किसानलाई निःशुल्क मकैको बिउ वितरण गरेको लिम्चुङ्बुङ गाउँपालिका अध्यक्ष मेजर कुमार राईले बताए।”

“अध्यक्ष कृषि कार्यक्रम” मार्फत गाउँपालिकाले आफ्ना पालिका भित्रका किसानहरु लाई निस्शुल्क रुपमा मकैको बीउ वितरण गरे सगै लिम्चुङ्बुङमा यस बर्ष मकै उत्पादनमा वृद्धि भएको गाउँपालिकाको कृषि शाखाले जनाएको छ।

गत वर्ष यहाँ फौजी कीरा र खडेरीले मकैको बिउसमेत जोगिएको थिएन। यस बर्ष भने गाउँपालिकाभरिका किसानलाई विषादीसँगै निःशुल्क मकैको बिउ वितरण गरेको गाउँपालिकाले उत्पादनमा वृद्धि आएको अध्यक्ष राईले बताए।

‘पालिकाले निस्शुल्क उन्नत जातको मकैको बीउ मात्रै हैन, बिसादी समेत दियो। समयमै फोजिकिरा नियन्त्रण पनि भयो । र गत बर्ष २(३ महिना खान नपुग्ने मकै उत्पादन भएको थियो । यसपाली भने बर्षभरि खान पुग्ने मकै उत्पादन भएको कृषि भुपाल कार्कीले बताए ।’

उनका अनुसार, मकैको निकै ठुल्लठुला घोगा फलेको र अर्को साल पनि यहि बीउ लगाउने बताए।

लिम्चुङबुङका स्थानीय किसान टेक बहादुर खड्का भन्छन् ‘वार्षिक ५० मुरी कमै फल्थ्यो, गत वर्ष बिउसमेत जोगाउन धौधौ भएको थियो, पालिकाले बिउ र फौजी कीरा नियन्त्रणका लागि विषादी दिएकाले यो वर्ष मकै उत्पादन पनि राम्रो भएको उनको भनाइछ।

गत साल फौजी कीरा र खडेरीले किसानलाई परेको समस्यालाई केन्द्रित गरेर यसपालि लकडाउनमा समेत कार्यालयमा बसेर किसानलाई मकैको बीउ र विषादी वितरण गरिएकाले उत्पादनमा निकै वृद्धि भएको लिम्चुङबुङ गाउँपालिका–५ कि कृषि प्राविधिक शान्ता खड्काले बताइन्।

कीरा नियन्त्रणका लागि पालिकाले ३ लाख बजेट छुट्याएर ‘इमामेक्टिन बेन्जोएट’ (कोब्रा) विषादी वितरण गरेको पालिकाले जनाएको छ।

निस् शुल्क रुपमा उत्पादन राम्रो हुने, उन्नत जातको मकैको बिउ वितरण गरेसंगै उत्पादनमा वृद्धि भएपछि किसानहरू उत्साहित भएका छन्।

 

सम्बन्धित खवर