कटारी ११ मा खुकुरी प्रहार गरी एक महिलाको हत्या

कटारी ११ मा खुकुरी प्रहार गरी एक महिलाको हत्या

 

उदयपुर : खुकुरी प्रहार गरी एक महिलाको हत्या गरिएको छ । उदयपुरको कटारी नगरपालिकामा ११ हर्देनीको लखथुम्कामा खुकुरी प्रहार गरी एक महिलाको हत्या गरेको आरोपमा सोही स्थानका एक युवा पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय कटारीका डिएसपी हेमन्त भण्डारी क्षेत्रीका अनुसार शनिबार बिहान स्थानीय २५ वर्षे रोशन मगर छिमेकी ४२ वर्षीया डोरकुमारी राउतको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । ‘टाउकोमा खुकुरी प्रहार गरेको देखिन्छ,’ उनले भने, ‘हत्या गरेको आरोपमा मगरलाई घरैबाट पक्राउ गरेर अनुसन्धान सुरु गरेका छौँ ।’

उनले मृतकको शव पोष्टमाटमको लागि कटारी अस्पताल ल्याउँदै गरेको पनि जानकारी दिए । कटारी नगरपालिका ११ का वडा अध्यक्ष सरोज बुढाथोकीले लागूऔषधमा लठ्ठिएर हत्या गरेका अनुमान गरिएको बताए ।

‘विहान कटारी बजार गएर लागूऔषध सेवन गरेर फर्केको देखिन्छ, उनले भने, ‘लागूऔषधको बेहोसी मै हत्या गरेको हुनुपर्छ । प्रहरीको अनुसन्धानपछि नयाँ रहस्य आउँछ होला ।’ बुढाथोकीले पहाडी क्षेत्रमा लागूऔषध दुव्र्यसनीमा फस्ने युवाको संख्या बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

सम्बन्धित खवर