जैशीको संयोजकत्व स्वतन्त्र राष्ट्रिय अभियान नेपालको गण्डकी प्रदेश समिति गठन

जैशीको संयोजकत्व स्वतन्त्र राष्ट्रिय अभियान नेपालको गण्डकी प्रदेश समिति गठन

पोखरा : स्वतन्त्र राष्ट्रिय अभियान नेपालको गण्डकी प्रदेश समिति गठन भएको छ । अभियानको आज बसेको भेलाले कृष्णप्रसाद जैशीको संयोजकत्वमा १३ सदस्यिय प्रदेश समिति गठन गरेको हो । समितिको सहसंयोजकमा सवि भट्टराई रहेकी छिन् ।

सदस्यहरुमा सुनिल बहादुर कोईराला (कास्की), मिनराज बाँस्तोला (बाग्लुङ), बल्लव ठकुरी (गोरखा) र गोपाल गुरुङ (लमजुङ) रहेका छन् । यस्तै सदस्यहरुमा दिपेन्द्र लामिछाने (पर्वत), सुनिल शर्मा (म्याग्दी), तुल्सीराम भुषाल (नवलपुर), सन्तोष पौडेल (स्याङजा) र राम पोखरेल (लमजुङ) रहेका छन् । मनाङ र मुस्ताङका दुई सदस्य पछि थपिने संयोजक जैशीले जानकारी दिएका छन् । समितिको सल्लाहाकारमा नारायण विक्रम शाहिलाई चयन गरिएको छ ।

जुममिटिङमा गरिएको भेलामा प्रशिक्षण दिदै केन्द्रिय संयोजक स्वागत नेपालले अभियानले उठाएका राइट टु रिजेक्ट, राईट टु रिकल, उन्नत लोकतन्त्र, प्रत्यक्ष प्रजातन्त्र र दुइ दलिय व्यवस्था लगायतका विषयहरुमा डृढतापुर्वक होमिन अभियान्ताहरुलाई निर्देशन दिए । साथै संयोजक नेपालले एमसिसि लगायत राष्ट्रिय स्वार्थका विषयमा अभियान्ताहरुलाई निरन्तर निस्वार्थ जनाधिकारको वकालत गर्न अपिल गरेका छन् ।

सो भेलाले स्वतन्त्र राष्ट्रिय युवा अभियान कास्कीको जिल्ला संयोजक मिलन कुवंर थापालाई जिम्मेवारी दिएको छ । अभियानले प्रदेशका युवाहरुलाई राजनीतिक जागरण अभियान चलाउने निर्णय गरेको छ ।

सम्बन्धित खवर