प्रदेश १ मा ७७ संक्रमित थपिए, तीन जनाको मृत्यु

प्रदेश १ मा ७७ संक्रमित थपिए, तीन जनाको मृत्यु

विराटनगर : प्रदेश १ मा शनिबार ७७ कोरोना संक्रमित थपिएका छन् । मोरङमा ६२, सुनसरीमा १४ र उदयपुरमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा ४६ जनामा संक्रमण देखिएको छ । २१ महिला र २५ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । मोरङको बुढीगंगामा ५ महिला र ५ पुरुष, कटहरीमा ४ पुरुष, ग्रामथानमा १ पुरुष र सुन्दरहरैचमा १ महिलामा कोरोना देखिएको छ ।

सुनसरीको इटहरीमा २ महिला र ६ पुरुष, इनरुवा र धरानमा २–२ पुरुष, रामधुनी र दुहवीमा १–१ पुरुष र उदयपुरको बेलकामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार ६९६ पुगेको छ ।

प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना भाईरस (कोभिड १९) बाट थप ३ जनाको मृत्यु भएको छ ।

मोरङको विराटनगरका १ पुरुष, ग्रामथानकी १ महिला र सुनसरी रामधुनीका १ पुरुषको मृत्यु भएको प्रदेश सरकराको सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश १ मा मृत्यु हुनेको संख्या ४७ पुगेको छ ।

प्रदेश १ मा शनिबार ३६ जना डिस्चार्ज भएका छन् । कालिसदन आईसोलेसन विराटनगरबाट २० जना, बैजनाथपुर आईसोलेसन विराटनगरबाट ९ जना, मारवाडी सेवा सदन आईसोलेसनबाट ४ जना र कोभिड १९ आईसोलेसन केन्द्र रंगेलीबाट ३ जना डिस्चार्ज भएका हुन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ५६ पुगेको छ ।

प्रदेश १ मा शनिबार १ हजार २१२ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म १ लाख ६ हजार ९८६ जनाको पीसीआर परीक्षण भइसकेको छ ।

सम्बन्धित खवर