सुनसरीमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु

सुनसरीमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु

 

इटहरी । सुनसरीको रामधुनी नगरपालिका-५ लगुना चोकमा भएको मोटरसाईकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

शुक्रवार दिउँसो साँढे १ बजेको समयमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्रदेश १-०२-०४१ प १४१२ नम्बरको मोटरसाईकलले स्थानीय ५० बर्षीया ईन्द्र लक्ष्मी शाक्यलाई ठक्कर दिंदा घाईते भएकी उनीलाई उपचारको लागी बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा पठाईएकोमा उपचारको क्रममा दिउँसो साँढे ३ बजे मत्यु भएको ईलाका प्रहरी कार्यालय पकलीले जानकारी दिएको छ ।

ठक्कर दिने मोटरसाईकल र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर