वीपीमा ४३ वर्षिय कोरोना संक्रमित पुरूषको मृत्यु

वीपीमा ४३ वर्षिय कोरोना संक्रमित पुरूषको मृत्यु

 

धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत सुनसरी जिल्ला रामधुनी ५ की ४३ वर्षिय कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ । मृतक विगत १ वर्षदेखि झुम्का कारागारमा रहेको प्रतिष्ठानका प्रवक्ता डा। निदेश सापकोटाले बताएका छन ।

आज शुक्रबार विहान कोरोना पोजिटिभ देखिएपछी उनलाई इनरूवा जिल्ला अस्पतालबाट रिफर भई विहान प्रतिष्ठानको इमर्जेन्सीमा भर्ना गरिएको थियो ।

उनको आज दिउँसो साढे ४ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा। सापकोटाले बताएका छन । मृतकलाई १० दिनअघि ज्वरो आएको २ दिनदेखि खोकी र श्र्वास प्रश्र्वासमा कठिन तथा भएको थियो । शवको व्यवस्थापन स्वास्थ मापदण्ड अनुसार भएको प्रतिष्ठानले जनाएको छ ।

सम्बन्धित खवर