भक्तपुर घटनामा छोरा र श्रीमतीको हत्या गरी आफुले आत्महत्या गरेको हुन सक्ने आशंका

भक्तपुर घटनामा छोरा र श्रीमतीको हत्या गरी आफुले आत्महत्या गरेको हुन सक्ने आशंका

भक्तपुरको मध्यपुर थिमि नगरपालिका–६, कुन्डोलमा छोरा र श्रीमतीको हत्या पछि सुदिप अधिकारीले आत्महत्या गरेको हुन सक्ने प्रहरीले आशंका गरेको छ । शुक्रबार परिवारका तीनैजना र कुकुर पनि मरेको अवस्थामा फेला परेका थिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट दुई जनाको सुतेकै अवस्थामा धारिलो हतियार प्रयोग गरी हत्या गरेर सुदिपले विष सेवन गरी आत्महत्या गरेको हुनसक्ने देखिएको छ ।

शुक्रबार साँझ सवा ५ बजे अधिकारीका भाइ सुनीलले प्रहरीलाई खबर गरेपछि भक्तपुर प्रहरी परिसर र महानगरीय अपराध महाशाखाको टोली अपराधस्थलमा पुगेको थियो । त्यसक्रममा सुदिपसहित उनकी श्रीमती ३४ वर्षीया सम्झना र १५ वर्षीय छोरा सुशान्तको शव भेटिएको थियो ।

प्रहरीले त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका फरेन्सिक विज्ञसहितको टोलीलाई पनि छानविनका लागि अपराधस्थलमा बोलाएको थियो । त्यसक्रममा सम्झना र सुशान्तको मृत्यु केही दिन पहिले नै भएको पाइएको छ ।

प्रहरीका अनुसार आमा, छोराको टाउकोमा गहिरो चोट लागेको, घरको भित्तामा रगतको छिटा लागेको देखिएको छ । सुदिपको भने शरिरमा कुनैपनि चोट देखिएको छैन् । वान्ता गरेको जस्तो देखिएको छ । किचनमा रहेको खानामा पनि विष भएको गन्ध आएको छ । कुकुर पनि विषकै कारण मरेको हुनसक्ने प्रहरीले जनाएको छ । अहिले नै यकिन हुन नसकेपनि शवको पोष्टमार्टम पछि सबैकुरा पत्ता लाग्ने प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार एक वर्ष पहिले सुदिपले औषधि पसलमा काम गर्ने गरेका थिए । पछिल्लो समय जागिर नखाएको भन्दै उनी र श्रीमतीबीच झगडा हुने गरेको आफन्तहरुले बताएका छन् । छोरासँग पनि उनको झगडा पर्ने गरेको छिमेकीहरुले बयान दिएका छन् ।

सम्बन्धित खवर