राजेन्द्र महतो, लहान
सिरहामा भरुवा बन्दुक वेवारिसे अवस्थामा फेला परेको छ । सिरहाको गोल नगरपालिका वडा नम्बर १० स्थित विहीबार वेवारिसे अवस्थामा बन्दुक फेला परेको हो ।
ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी गस्ती टोलीले गोलबजार नगरपालिका वडा नम्बर १० स्थित भरुवा बन्दुक वेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । उक्त भरुवा बन्दुक इलाका प्रहरी कार्यालय गोलबजार सिरहामा ल्याइ थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।