शुक्रबार देशभर १ हजार ४५४ जनामा कोरोना संक्रमण

शुक्रबार देशभर १ हजार ४५४ जनामा कोरोना संक्रमण

 

विराटनगर : शुक्रबार नेपालमा थप १ हजार ४५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा थपिएको संक्रमितको संख्या अहिलेसम्मकै उच्च हो । योसहित नेपालमा संक्रमित हुनेको संख्या ५१ हजार ९१९ पुगेको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भएर ९७२ जना डिस्चार्ज ह्ुँदा डिस्चार्ज हुनेको संख्या ३६ हजार ६७२ पुगेको छ।

विभिन्न अस्पताल तथा होम आइसोलेसनमा हाल १४ हजार ९२५ सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ५ जनाको मृत्यु भएको छ । हालसम्म मृतक ३२२ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खवर