झापामा पाँच रेक्टर स्केलको भूकम्पको धक्का

झापामा पाँच रेक्टर स्केलको भूकम्पको धक्का

 

झापा। झापामा शुक्रबार पाँच रेक्टर स्केलको भूकम्पको धक्का महशुस गरिएको छ । बिहान ९ः३० बजे झापाको बाहुनडाँगी केन्द्रबिन्दु भएर पाँच रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार नेपाल–भारत सीमा नजिक गएको भूकम्पको वरपर धक्का महशुस भएको हो । यो पराकम्प नभएर भूकम्प नै भएको अधिकारीको भनाइ छ ।

भूकम्पको धक्का झापासहित पूर्वका अन्य केही जिल्लामा पनि महशूस गरिएको छ ।यसअघि २४ भदौमा धादिङ केन्द्रविन्दु बनाएर र १९ भदौमा संखुवासभालाई ४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

सम्बन्धित खवर