पथरी शनिश्चरेमा थप २ जनामा कोरोना संक्रमण पुष्टि

पथरी शनिश्चरेमा थप २ जनामा कोरोना संक्रमण पुष्टि

पथरी, मोरङको पथरी शनिश्चरेमा थप २ जनामा आज कोरोना भाइरस देखिएको छ । पछिल्लो पटक क्वारेन्टिनका २८ सहित ८७ जनाको पीसीआर स्वाब परीक्षणमा १ जना क्वारेन्टिनका र १ जना वडा नम्बर ३ का समुदायका ब्यक्तिमा भाइरस देखिएको नगरका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले जनाउनु भयो । जसमध्ये हिजो ३ जनामा कोरोना देखिएको थियो । कुल ८७ जनामा ५ जनामा कोरोना देखिएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएको ८७ जनाको स्वाबमा ३ जनाको रिपोर्ट पुःन परीक्षण गरिने भनेको र आज पुःन परीक्षण भएको थियो । नगर प्रमुख दिलीपकुमार राईले कोरोना संक्रमणबाट बच्न भौतिक दूरी कायम गर्दै स्वास्थ्य सतर्कता अपनाउन नगरवासीमा अनुरोध गर्नुभएको छ ।

सम्बन्धित खवर