प्रदेश १ थप ८६ जनामा कोरोना संक्रमण, ५ जना डिस्चार्ज

प्रदेश १ थप ८६ जनामा कोरोना संक्रमण, ५ जना डिस्चार्ज

 

विराटनगर । प्रदेश १ गएको २४ घण्टामा गरिएको पिसिआर परीक्षणमा थप ८६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार सुनसरीमा २३, संखुवासभामा २२, मोरङमा १६, झापामा १२, पाँचथरमा ४, भोजपुरमा ३, उदयपुर, इलाम र प्रदेश १ बाहिरका २–२ जनामा संक्रमण देखिएको हो ।

सुनसरीको इटहरीमा ८ महिला र ६ पुरुष, दुहवीमा १ महिला र ३ पुरुष, बराहक्षेत्रमा ३ पुरुष, धरान र बर्जुमा १–१ पुरुष, संखुवासभाको खाँदबारीमा २० पुरुष, सिलिचोङमा १ पुरुष र चिलिलामा १ महिलामा कोरोना देखिएको छ । यस्तै मोरङको विराटनगरमा २ महिला र ४ पुरुष, रतुवामाईमा ३ महिला र २ पुरुष, पथरीशनिश्चरेमा १ महिला र १ पुरुष, कटहरी र सुनबर्षीमा १–१ पुरुष तथा रंगेलीमा १ महिलाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

उता झापाको शिवसताक्षीमा २ महिला र ५ पुरुष, कमल गाउँपालिका र बा¥हदशीमा १–१ पुरुष, दमकमा १ महिला र स्थानीय तह नखुलेका २ पुरुष, पाँचथरको फिदिममा २ पुरुष, मिक्लाजुङमा १ पुरुष, फालेलुङमा १ महिला, भोजपुरको ट्याम्केमैयुङ, भोजपुर र षडानन्दमा १–१ पुरुष, उदयपुरको त्रियुगामा २ पुरुष, इलामको चुलाचुलीमा १ महिला र १ पुरुष तथा प्रदेश १ बाहिरका १ महिला र १ पुरुषमा संक्रमण देखिएको छ । योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ४९८ पुगेको छ ।

प्रदेश १ मा बिहीबार ५ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १ हजार ९५३ पुगेको छ । बिहीबार १ हजार ५११ जनाको पीसीआर परीक्षण गरिएको छ भने हालसम्म १ लाख ४ हजार ८४४ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खवर