कनकाई नगरपालिकाका एकै परिवारका ११ जनामा कोरोना

कनकाई नगरपालिकाका एकै परिवारका ११ जनामा कोरोना

 

कनकाई । झापाको कनकाई नगरपालिकाका एकै परिवारका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कनकाई–३ का एक परिवारका ११ जना सबै सदस्य कोरोना संक्रमण पुष्टि भएको कनकाई नगरपालिका कोरोना सूचना तथा सञ्चार समितिका सदस्य लक्ष्मी अधिकारीले बताए । उक्त घरमा १४ वर्षको नातीदेखि ८४ बर्षकी हजुर–आमासम्मलाई कोरोना पुष्टि भएको छ ।

घरमा सबैलाई कोरोना संक्रमण लागेपछि कनकाई नगरपालिकाले घरमै खाद्यान्न र अस्पतालमा रहेका लागि आवश्यक सामाग्री प्रदान गरेको छ । उक्त घरमा मात्रै नभएर कनकाई–३ को गाउँमा नै कोरोना संक्रमण फैलिएको छ ।

कनकाई नगरपालिकामा हालसम्म ४८ जनामा कोरोना संक्रमण देखिसकेको छ । पछिल्लो दुई चरणमा संकलन गरिएको स्बावको रिर्पोट आउन बाँकी छ ।

सम्बन्धित खवर