घरायसी विवादका कारण आफ्नै भाउजुको हत्या

घरायसी विवादका कारण आफ्नै भाउजुको हत्या

 

भोजपुर । घरायसी विवादमा भोजपुरको टेम्केमैयुम गाउँपालिकाका एक युवकले आफ्नै भाउजुको हत्या गरेका छन् ।

टेम्केमैयुङ ५, खावाका ३५ वर्षीय राजकुमार राईले ४८ वर्षीया भाउजु केशरमाया राईको हत्या गरेका हुन् ।

माघ २२ गते राति घरायसी विवादमा राजकुमारले केशरमायालाई कुटपिट गरेका थिए । कुटपिटबाट भाग्ने क्रममा सुंगुरको खोरमा लडेर ज्यान गएको प्रहरीले जनाएको छ । केशरमायाँको शव २३ गते विहान खोरमा भेटिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक प्रदीप लामाले जानकारी दिनुभयो ।

आरोपी राजकुमार राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर