सुनसरीमा बिहीबार थप ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि

सुनसरीमा बिहीबार थप ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि

 

इटहरी । सुनसरीमा बिहीबार थप ४२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका अनुसार इटहरीमा १२ महिला र ११ पुरुष, धरानमा ६ महिला र ५ पुरुष, बराहाक्षेत्रमा ३ पुरुष, बर्जुमा १ पुरुष, दुहबीमा १ महिला र ३ पुरुष गरी जम्मा ४२ जनामा कोरोना सङ्क्रमण देखिएको हो ।

योसँगै सुनसरीमा कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार १४३ पुगेको छ । अहिलेसम्म ४ सय ८७ जनाले कोरोना जितेका छन् भने ६ जनाको मृत्यु भएको छ ।

सम्बन्धित खवर