मन्त्रिपरिषद् बैठक स्थगित

मन्त्रिपरिषद् बैठक स्थगित

 

काठमाडौं : बिहीबार (आज) बेलुकाका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ ।

सत्तारुढ दल नेकपाको शुक्रबार बस्ने स्थायी समिति बैठकको तयारीमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली व्यस्त भएकाले मन्त्रिपरिषद् बैठक स्थगित गर्नुपरेको बताइएको छ ।

मन्त्रीहरूलाई यसअघि बिहीबार साँझ बैठक बस्ने सूचना दिइएको थियो । तर, शुक्रबार बस्नेगरी बैठक स्थगित गरिएको हो ।

मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ति गर्ने तयारी गरेको छ । साथै अन्य महत्त्वपूर्ण नियुक्ति र सरकारको प्रवक्ता समेत तोक्ने तयारीमा प्रधानमन्त्री छन् ।

सम्बन्धित खवर