पाँच जनामा कोरोना पुष्टि भएपछि षडानन्द नगरपालिका सिल

पाँच जनामा कोरोना पुष्टि भएपछि षडानन्द नगरपालिका सिल

भोजपुर : उत्तरी क्षेत्रमा अबस्थित षडानन्द नगरपालिका सिल गरिएको छ । नगरपालिकाका पाँच जनामा कोरोना पुष्टि भएपछि सात दिनका लागि दिंला बजारसंगै सबै वडा सिल गरिएको हो । बुधबार १५, ४१, ४४ वर्षका तीन पुरुष र २० र ४२ वर्षका महिलामा कोरोना पुष्टि भएसंगै सिल गरिएको षडानन्द नगरपालिकाका मेयर बिरबल राईले जानकारी दिए ।

उनीहरु बाहिरी बाहिरि जिल्ला घुमफिर गरेर आएर होमक्वारेन्टिनमा बसेका थिए । स्वाब संंकलन गरी गत २२ गते विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएका ११ जना मध्ये पाँच जनाको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख फडिन्द्र थापाले जानकारी दिए ।

यस अघि भारतबाट छुट्टीमा आएका भोजपुरको हतुवागढी गाउँपालिका घर भएमा तीन भारतिय सेनामा पनि कोरोना पुष्टि भएको थियो । हाल सम्म भोजपुरमा १७ जनामा कोरोना देखिएकोमा नौ जना निको भएर घर फर्किसकेका छन् ।

सम्बन्धित खवर