इटहरीको जनता क्याम्पस प्रमुखमा प्रा.डा गिता अधिकारी नियुक्त

इटहरीको जनता क्याम्पस प्रमुखमा प्रा.डा गिता अधिकारी नियुक्त

इटहरी । इटहरीको पुरानो शैक्षिक संस्था जनता बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा प्रा.डा. गिता अधिकारी नियुक्त भएकी छिन । केहि समय कार्यवाहक क्याम्पस प्रमुख समेत भएकी अधिकारीलाई क्याम्पस व्यवस्थापन समितिको बैठकले प्रमुखमा नियुक्त गरेको हो ।

आजबाट लागु हुने गरि क्याम्पस प्रमुखको जिम्मेवारी दिएको क्याम्पस व्यवस्थापन समितिले जनाएको छ । क्याम्पसमा उनी पहिलो महिला क्याम्पस प्रमुख हुन । क्याम्पस प्रमुखमा नियुक्त भए सँगै अधिकारीले आफु इमान्दारीका साथ आफ्नो कर्म गर्ने बताएकी छिन ।

सम्बन्धित खवर