पाेखरा : पोखरा महानगरपालिका वडा नं. १७ घारीपाटन स्थित म्यूजियम मार्ग टोलसुधार समितिद्धारा आज विकास निर्माणमा जनप्रतिनिधिको भूमिका विषयक छलफल कार्यक्रम सम्पन्न भएको छ ।
छलफल कार्यक्रममा बोल्दै नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कास्कीका अध्यक्ष एवम् गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाले जनप्रतिनिधिहरु जनताको मालिक नभई सेवक बन्नुपर्ने बताए ।
उनले जनप्रतिनिधिहरु चुनावी घोषणापत्रका आधारमा जनसेवामा जुटनु पर्नेमा जोड दिदै खानेपानी जनताको पहिलो नैसर्गिक अधिकार भएको बताउँदै उहाँले त्यसका लागि प्रदेश सरकारले दुई बर्ष भित्र प्रत्येक घरमा धारा पु¥याउने लक्ष्यका साथ एक घर एक धारा अभियान सञ्चालन गरेको जानकारी दिए ।
थापाले म्यूनियममार्गको खानेपानी सुधारका लागि निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममार्पmत दश लाख रुपैया सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
पोखरा महानगरपालिका कार्यपालिका सदस्य राधिका शाही योगीले पोखरा १७ का जनताको खानेपानी सुविधाका लागि तीनै तहका सरकारको सहयोग रहेको उल्लेख गरिन् ।
नेकपा पोखरा १७ का अध्यक्ष सुभाष ढुङ्गाना र नेपाली कांग्रेसका नेता नारायण श्रेष्ठले विकास निर्माणमा राजनैतिक भन्दा माथि उठेर जनताको सेवामा जुटनुको विकल्प नभएकोमा वताए ।
टोल सुधार समितिका अध्यक्ष हरि बास्तोलाले २०५२ सालमा विस्तार गएको दुई इन्चीको पाईपबाट ६९ धारा जडान भएको जानकारी दिंदै सो मार्गमा चार इञ्चीको पाईप विस्तार गरिने बताएका थिए ।