लेखनाथ : लेखनाथमा बुधवार ब्यवासायीहरुका लागि कर शिक्षा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
विश्व ब्यापी रुपमा फौलिएको कोरना भाईरसका कारण ब्यवसायको क्षेत्रमा परेको असरलाई मध्यनजर राख्दै नेपाल सरकारले ल्याएको कर छुटका सम्वन्धमा जानकारी दिने उद्देश्यले लेखनाथ उद्योग बाणिज्य संघको आयोजना एवंम आन्तरिक राजश्व कार्यालय पोखराको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा करको दायरा र विभिन्न क्षेत्रमा दिएको कर छुटका सम्वन्धमा जानकारी गराउदै आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख ऋषिराम पोख्रलले ब्यवस्थित तरिकाले लेखा प्रणाली राख्न नजान्दा अन्जानमा भोग्नु परेका समस्याका बारेमा जानकारी गराउदै अहिलेको विषम परिसि्थतिलाई ध्यानमा राखी नेपाल सरकारले ल्याएको कर छुटको उपयोग गरि असल ब्यवसायी बन्न पर्ने सुझाव राखेका थिए ।
आन्तरिक राजश्व कार्यालय पोखराका कर अधिकृत कर्ण शिंह लामाले ब्यवसायको क्षेत्रमा कोरना भाइरसका कारण परेको असरलाई मध्यनजर राखेर नेपाल सरकारबाट विभिन्न शीर्षकमा २० देखि ७५ प्रतिशतसम्मको कर छुट ब्यवस्था गरेको जानकारी गराएका थिए ।
तालिम ब्यवस्थापन उप समितिका संयोजक विक्रम कर्माचार्यको अध्यक्षतामा भएको सो कार्यक्रममा राजश्व परामर्श उप समितिका संयोजक रमानाथ पौडेलले कार्यक्रमको उद्देश्य र उपयोगीताका बारेमा जानकारी गराएका थिए ।