मराउँचेको विकासमा खवरदारी

मराउँचेको विकासमा खवरदारी

हेमजा, कास्कीको अन्नपूर्ण ३ मराउँचेको विकासमा लागि गाउँवासीले बुधवार गाउँपालिकामा खवरदारी गरेका छन्।

गाउँपालिका अध्यक्ष युवराज कुँवर, प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारी, वडा नं. २ का अध्यक्ष चुडामणि अधिकारी तथा शिक्षा अधिकृत बलराम भुगाई समक्ष गाउँवासीले खवरदारी गरेका हुन्।

गाउँवासीले मुख्य तया मराउँचे गाउँ पुग्ने सडकको स्तरउन्नतीमा ध्यान दिन आग्रह गरे।गाउँपालिकाले बर्षिनी छुट्टाउने ५ लाख रकम सडकको मर्मतमै सकिएको जनाउँदै गाउँवासीले पक्की सडक निर्माण गर्न पनि बजेट विनियोजन गरिदिन आग्रह गरेका थिए।

जवाफमा गाउँपालिका अध्यक्ष युवराज कुँवरले मराउँचेको विकासमा आफू संवेदनशील रहेको जनाउँदै त्यसमा उचित ध्यान दिने भनाई राखे।गाउँको विकासका लागि गाउँपालिकामा मात्रै भर नपरी प्रदेश र संघ सरकारलाई पनि घचघचाउनु पर्ने उनको धारणा थियो।

प्रमुख प्रशासकिय अधिकृत युवराज अधिकारीले मराउँचे गाउँ वस्तीका हिसावले सानो भएपनि उत्पादनका हिसावले महत्वपूर्ण रहेको औँल्याए ।उनले मराउँचेको विकासमा आफूहरु गम्भिर रहेको समेत भनाई राखे।

सो अवसरमा गाउँवासीको तर्फबाट सुरज पौडेल, चन्द्रकान्त पौडेल, इन्द्रप्रसाद पौडेल, तिलप्रसाद पौडेल, कृष्ण अधिकारी, गोविन्दप्रसाद पौडेल, भोलानाथ पौडेल, मुक्तिराम पौडेल, डिल्लीराम पौडेल लगायतले भनाई राख्दै गाउँविकासमा ध्यानाकर्षण गराएका थिए।

गाउँलेहरुले विकासको तिर्खा लागेर आफूहरु गाउँपालिका आएको, राजनैतिक हिसावले पहुँच नपुगेको, तिन वटै सरकारबाट गाउँ उपेक्षित भएको लगायतका गुनासो पनि राखेका थिए।

सम्बन्धित खवर