नेविसंघद्वारा सरकारको ध्यानाकर्षण

नेविसंघद्वारा सरकारको ध्यानाकर्षण

झापा : सरकार जघन्य किसिमका अपराध र भ्रष्टाचार नियन्त्रणमा गम्भिर बन्न नसकेको भन्दै नेपाल विद्यार्थी संघ झापाले आज जिल्ला प्रशासन कार्यालय झापामा ज्ञापन पत्र बुझाएको छ ।

सरकारको ध्यानाकर्षण गराउँदै प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिम्सिनालाई ज्ञापन ब’झाएको हो । ज्ञापन पत्र बुझाउन नेविसंघका निवर्तमान केन्द्रिय सदस्य सन्तोष उप्रेतीको नेतृत्व र संघका जिल्ला उपसभापति भवानी काफलेको संयोजकत्वमा ज्ञापन पत्र बुझाउन झापास्थित नेविसंघका नेताहरु रविन्द्र ढुंगाना, किरण भण्डारी लगायत आज दिउँसो चन्द्रगढीस्थित जिल्ला प्रशासन कार्यालय पुगेका संघका जिल्ला कोषाध्यक्ष नवराज ढकालले जानकारी दिनुभयो ।

संघद्धारा बुझाइएको ज्ञापन पत्रमा लोकतन्त्रमा स्वतन्त्रतापूर्वक आम नागरिकहरुले आफनो जिवनयापन गर्न पाउनु मौलिक अधिकार भएको उल्लेख गर्दै राज्यले आम नागरिकको त्यस्तो अधिकारको सुनिश्चितता गर्न नसकेको ज्वलन्त उदाहरणका रुपमा झापाको शिवसताक्षीमा भएको युवकको हत्याकाण्ड, रौतहटमा भएको दलित युवा निरञ्जन रामको हत्याकाण्ड आदिलाई लिन सकिने उल्लेख छ ।

ज्ञापन पत्रमा राज्य सञ्चालनको नेतृत्वकर्ता नेकपाका नेता कार्यकर्ताहरु ठाउँ –ठाउँमा भइरहेका लुटपाट र चन्दा उठाउने गिरोहका रुपमा सक्रिय भएको आरोप लगाउँदै ज्ञापन पत्रमा पछिल्लो समय नेपाली अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको कृषि पेशामा आवद्ध किसानहरुलाई चाहिने कृषि सामग्री तथा मलको सहज उपलब्ध गराउन पनि सरकारको ध्यानाकर्षण गराउँदछौं भनिएको छ ।

त्यसैगरी कृषि अनुदान का नाममा जिल्लाका विभिन्न पालिकाहरुमा भइरहेको भ्रष्टाचार र अनियमिततामा संलग्नहरुलाई कडा कारवाही गर्दै वास्तविक किसानहरुको पहिचान गरेर कृषिमा अनुदान उपलब्ध गराउनका साथै स्वास्थ्य, शिक्षा र रोजगारको ग्यारेन्टी गर्न पनि जोडदार माग गरिएको छ ।

सम्बन्धित खवर