धनकुटा उद्योग बाणिज्य संघद्वारा प्रहरीलाई स्वास्थ्य सामाग्री सहयोग

धनकुटा उद्योग बाणिज्य संघद्वारा प्रहरीलाई स्वास्थ्य सामाग्री सहयोग

 

धनकुटा : कोरोना भाईरसको महामारीमा समेत अग्र भागमा रही काम गरिरहनु भएका धनकुटा जिल्लाका ट्राफिक प्रहरीहरुलाई कोरोना भाईरसबाट बच्नका लागी आज धनकुटामा धनकुटा उद्योग बाणिज्य संघले फेस सिल सहित सुरक्षित समाग्रीहरु वितरण गरेको छ ।

धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ,कोषाध्यक्ष रुपेश श्रेष्ठ,कार्यकारी सदस्यहरु रेजिना पलिखे,सुनिता थापा,लिजा श्रेष्ठ,शोभा श्रेष्ठले धनकुटा ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेन्द्र खड्का लगायत त्यहा कार्यरत ७ जना ट्राफिक प्रहरीहरुलाई फेस सिल,माक्स,सेनिटाईजर लगायत सुरक्षित समाग्रीहरु बितरण गरेका थिए ।

दिन प्रतिदिन कोरोना भाईरस फैलदै गई माहामारीको रुपलिदै गएको संकटको समयमा समेत ट्राफिक प्रहरीहरुले फ्रन्ट लाईनमा रहेर निरन्तर काम गरिरहेको उच्च सम्मान गर्दै सुरक्षित समाग्रीहरु प्रदान गरिएको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले बताए ।

सुरक्षित समाग्रीहरु उपलब्ध गराएर महत्वपूर्ण सहयोग गर्नु भएको भन्दै धनकुटा जिल्ला ट्राफिक कार्यालयका प्रमुख सुरेन्द्र खड्काले धनकुटा उद्योग बाणिज्य संघलाई धन्यवाद दिए ।

धनकुटा उद्योग बाणिज्य संघले कोरोना भाईरसबाट बच्नका लागी दुई महिना अघि पनि धनकुटामा कार्यरत ट्राफिक प्रहरीहरुलाई सम्मान स्वरुप सुरक्षित समाग्रीहरु बितरण गरेको थियो ।

सम्बन्धित खवर