झापा । झापाको शिवसताक्षी नगरपालिका बन्द भएको छ।
नगरपालिका बोर्डको बुधबार(आज) बिहान बसेको बैठकले कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै भदौ महिनाभरि कार्यालय बन्द गरेको हो।
मंगलबार नगरपालिकाका स्वास्थ्य संयोजकलाई कोरोना संक्रमण देखिएपछि बोर्ड बैठकले कार्यालय बन्द गर्ने निर्णय गरेको जनाइएको छ ।
नगरपालिकाका ११ वटै वडा कार्यालय भने खुल्ने भएका छन्। यसअघि वडा कार्यालय बन्द थिए।
नगरपालिकामा जम्मा ६ जनालाई मात्रै कोरोना संक्रमण देखिएको छ।