१ नम्बर प्रदेशका प्रहरी प्रमुख कार्किलाई कोरोना भाइरस संक्रमण

१ नम्बर प्रदेशका प्रहरी प्रमुख कार्किलाई कोरोना भाइरस संक्रमण

 

विराटनगर। १ नम्बर प्रदेशका प्रहरी प्रमुख डीआइजी ईश्वरबाबु कार्किलाई कोरोना भाइरस संक्रमण भएको छ।

मंगलबार आएको पिसिआर परिक्षण नतिजामा उनलाई कोरोना पोजिटिभ देखिएको उनले पुष्टि गरेका छन।कोरोना संक्रमण पुष्टि भएपनि उनिमा कुनै लक्षण नदेखिएको बताइएको छ।उनि परिक्षण रिपोर्ट आएपछि आइसोलेसनमा बसेका छन् ।

उनले आफुसग नजिक रहेर काम गरेका सबैलाई आइसोलेसनमा बस्न उनले आग्रह गरेका छन् ।
प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जिवन घिमिरेलाई पनि कोरोना संक्रमण यस अघि नै पुष्टि भएको थियो।उनिपनि आइसोलेसनमा बसेर उपचार गरिरहेका छन् ।

सम्बन्धित खवर