भारतमा पछिल्लो २४ घण्टामा ८९ हजार भन्दा बढिलाई कोरोना संक्रमण

भारतमा पछिल्लो २४ घण्टामा ८९ हजार भन्दा बढिलाई कोरोना संक्रमण

 

छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा ८९ हजार भन्दा बढिलाई कोरोना संक्रमण देखिएको छ। यो तथ्यांकले भारत विश्व मै कोरोना संक्रमणको केन्द्रको रुपमा देखिएको छ।

मंगलबार भारतको केन्द्रिय स्वास्थ्य मन्त्रालयले जारि गरेको तथ्यांक अनुसार भारतभरि मंगलबार ८९ हजार ८५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।जुन अहिले विश्व कै सबैभन्दा बढि कोरोना संक्रमित भएको देश संयुक्त राज्य अमेरिकाको भन्दा ३ गुणा बढि रहेको छ।

यस्तै पछिल्लो २४ घन्टाको अवधिमा भारतमा १ हजार १०७ जनाको कोरोना भाइरस संक्रमणका कारणले मृत्यु भएको छ।यो दर अहिले विश्व कै सबैभन्दा बढि हो । भारतमा यो सगै अहिलेसम्म ४३ लाख ६७ हजार भन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ भने मृत्यु हुनेको संख्या ७४ हजार नाघेको छ।

सम्बन्धित खवर