युइएफ ए नेसन्स लिगमा विश्व विजेता फ्रान्सले क्रोसिया विरुद्ध दुई वर्ष अघि कै विश्वकप फाइनलको नतिजा दोहोर्याउदै ४-२ को जित निकालेको छ।
फ्रान्सको घरेलु मैदान पेरिसमा भएको खेलमा फ्रान्सलाई जिताउन एन्टोनियो ग्रीजम्यान नायक बनेका थिए।
खेलको १५ औं मिनेटमा डिफेन्डर डेजान लोभ्रानको गोलमा क्रोसियाले घरेलु टिममाथि अग्रता बनाएको थियो।यो अग्रतालाई ४३ औं मिनेटमा एन्टोनियो ग्रीजम्यानले तोडेका थिए। उनले एन्थोनि मार्सियलको उत्कृष्ट पासमा फ्लिक गोल गर्दै फ्रान्सलाई बराबरीमा पुर्याउन सफल भए। खेलमा बराबरी गरेको ३ मिनेटमै फ्रान्सले गोल गर्दै अग्रता बनायो।मार्सियलको प्रहार रोक्न खोज्दा क्रोसियन डिफेन्डर लिभाकोभिकलाई लाग्दै बलले जालि चुमेपछि क्रोसियाले आत्मघाती गोल उपहार स्वरुप दियो। मध्यान्तर अगाडि २-१ ले अग्रता बनाएको फ्रान्सले ५६ औ मिनेटमा गोल खान पुग्यो।क्रोसियाका ब्रेकोले एकल प्रयासमा गोल गर्दै क्रोसियालाई खेलमा फर्काएका थिए।
जुन बराबरी गोल १० मिनेट मात्र टिक्न सक्यो।खेलको ६६ औं मिनेटमा फ्रेन्च डिफेन्डर उपमेकानोले हेडद्वारा पहिलो अन्तर्राष्ट्रिय गोल गर्दै फ्रान्सलाई दोस्रोपटक अग्रता दिलाएका थिए। खेलको ७६ औं मिनेटमा फ्रान्सले पाएको पेनाल्टीको अवसरलाई ओलिभर गिराउडले गोल गर्दै क्रोसियामाथि फ्रान्सले विश्वकपमा हात पारेको ४-२ को जित एकपटक फेरि सुनिश्चित गरे।
यो जितसगै फ्रान्स डिफेन्डिङ च्याम्पियन पोर्चुगल सग अंक बराबरी गर्दै गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ।लगातार दुई खेल फराकिलो अन्तरमा हारेको क्रोसिया तालिकाको पुछारमा छ।