इटहरीका थप १२ जनालाई कोरोना संक्रमण

इटहरीका थप १२ जनालाई कोरोना संक्रमण

 

इटहरी : इटहरीमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भदौ २० र २१ गते संकलन गरिएको नमुना मध्य थप १२ जनामा संक्रमण देखिएको हो ।

२० गते संकलन गरिएको स्वाव मध्ये इटहरी वडा नं १२ मा १ जना – ३७ वर्षिय परुष, इटहरी १३ का १ जना ३७ वर्षिय पुरुष,इलाका प्रहरी कार्यालय इटहरी का २ जना २६ र ३९ वर्षिय पुरुषमा संक्रमण देखिएको छ ।

त्यसैगरी २१ गते संकलन गरिएको मध्ये संक्रमण पुष्टि हुने इटहरी १० का ६ जना ३८,४३,४४ वर्षिय महिला र ४०, १६, ५३ वर्षिय पुरुष, इटहरी १३ बाट १ जना ४४ बर्षीय महिला र इटहरी २० का‌ १ जना २६ बर्षीय पुरुष रहेका छन । इटहरीमा कोरोना पुष्टी हुनेको संख्या २७९ पुगेको छ ।

सम्बन्धित खवर