पोखरा : अबिरल वर्षाको कारण पोखरा महानगरपालिका ३१ बेगनास कडेल स्वाँरा पहिरो आइ २ मोटरसाईकल तथा १ स्कुटर पुरिएका छन् ।
पोखरा महानगरपालिका वडा नं ३१ कडेल स्वाँराका सुनिल बि.क.को पार्किङ गरेर राखेको ग ६प ६२९१ नंबरको पल्सर मोटरसाईकल, समन सुनारको ग ७ प ७३२९ को एभेन्जर मोटरसाईकल र निर्मल सुनारको ग५प ९९१२ नंबरको डिओ स्कुटर पहिरोले पुरेको हो ।
यसैगरी वर्षातको कारण जिल्ला कास्की पोखरा महानगरपालिका३१ बेगनास ताल ड्याम साईडको ढोड भन्ने स्थानमा माथि जंगलबाट पहिरो आउदा ७ घरगोठ क्षती भएका छन् । उक्त स्थानमामा बसोबास गर्ने ३६ जना लाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।
उक्त स्थानमा प्रहरी टोली खटिई उद्दार गर्नुका साथै घटनाको बिषयमा थप अनुसन्धान भईरहेको जनाइएको छ ।